
काठमाडौं, ३ फागुन । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवदेनमा दुर्घटनाको कारण प्रष्ट रुपमा खुलाइएको छैन् । बुधबार दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वान टू’ बाट भीएफआर उडानको अनुमतिदिनु अगाडि विस्तृत अध्ययन गर्न सरकारलाई सिफारिस गरेको छ ।
१ माघ २०७९ मापोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको नाइन एन–एएनसी जहाज सोही धावनमार्गबाट अवतरणको तयारीमा थियो । प्रतिवेदनमा ‘वानटू’ धावनमार्गबाट भीएफआर उडान अनुमति दिनु अगाडि कति उचाइमा जहाज स्थिर हुन्छ र अवतरण गर्न सक्छ भन्नेबारे विस्तृत अध्ययन गर्न सरकारलाई सिफारिस गरिएको छ ।
छानविन आयोगका एक सदस्यले भने, ‘दुर्घटनाको अवस्था कसरी सृजना भयो भन्नेबारे पूर्ण प्रतिवेदन नै कुर्नुपर्ला तर हामीले देखेको कुरा प्रारम्भिक प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिएका छौं । मैले अहिले यतिमात्रै भन्न सक्छु। अनुसन्धानका क्रममा देखिए अनुसार दुबै इन्जिनको कारण जहाजको पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने देखिन्छ, उनले भने,’जहाज अगाडि बढ्न सक्ने अवस्था नभएरै जहाज भुइँमा झर्न पुगेको हो । यसमा पुर्ण अध्ययनविना कसैलाई दोष देखाउन मिल्दैन,’ ।
तर प्रारम्भिकअध्ययनमा विमान दुर्घटना खराब मौसमका कारण भने नभएको प्रष्ट भएको छ । दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको प्रष्ट भएको हो ।















प्रतिक्रिया