
काठमाडौं, ३ फागुन । अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका धनुषाका दिलिप महतोको हत्या आरोपमा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ ।
दिलिपको हत्या गर्ने विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई अदालतले दोषी ठहर गरेको हो । न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले अन्य चारजनालाई भने सफाइ दिएको छ ।
अदालतले शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो, रोमार यादवलाई सफाई दिएको हो । दिलिपका परिवारले चारजनालाई सफाइ दिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
दिलिपको हत्यामा सफाइ पाएका चारजना पनि संलग्न रहेका दाबी गर्दै परिवारले उच्च अदालत जाने बताएको छ । मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते निर्ममता पूर्वक हत्या गरिएको थियो।















प्रतिक्रिया