२ कार्तिक २०८३, सोमबार

गोंगबुमा लुटपाट र प्रहरीको गाडीमा आगजनी गर्ने नौ जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दै सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँबसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनामा संलग्न अन्यको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा दैलेख भगवती गाँउपालीका घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही खैरेनी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा शिवसताक्षी घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।

पक्राउ परेकाहरुबाट डिजिटल घडी, एयरफोन, केही थान मोवाइल एनटिसी र एनसेलको ४ हजार बराबरको रिचार्ज कार्ड लगायत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै आन्दोलनका क्रममा प्रहरीको भ्यान आगजनीका साथै प्रहरी बिट तोडफोड गर्ने ५ जनालाई पनि पक्राउ गरिएको कार्कीले बताए ।

आगजनीका कारण प्रहरीका दुई वटा गाडीमा क्षति भएको र गाडीभित्र रहेका विभिन्न सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएको उनले बताए । उनले नेपालमा विशिष्ट व्यक्तिको आगमन भएकोले पनि प्रहरीले संयमता अपनाएको बताए ।

लुटपाटका घटनामा पक्राउ परेकाहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थ स्क्रिनिङ् गर्ने कार्य भइरहेका प्रहरीले जनाएको छ ।