
काठमाडौं, ३ फागुन । नेकपा एमालेका सांसद् सूर्य थापाले गत सोमबार काठमाडौंको गोंगबुमा घटेको घटनाबारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् थापाले बालाजुको गोंगबु क्षेत्रमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताएका हुन् ।
‘बालाजुको गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्छु, यसमा सदन बेखबर बस्न मिल्दैन,’ उनले भने ।















प्रतिक्रिया