
काठमाडौं, ३ फागुन । गत सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको यातायात मजदुरको आन्दोलनका बेलामा ल्होत्से मलमा लुटपाट गर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।
सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएका प्रधानमन्त्री प्रचण्डले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।
‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्,’ प्रधानमन्त्री प्रचण्डले भने।















प्रतिक्रिया