२ कार्तिक २०८३, सोमबार

सम्पत्ति शुद्धीकरण विधेयक संसदमा पेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेश पेश गरेका हुन् ।

विधेयक पेश गर्दै मन्त्री प्रधानले बैंकिङ प्रविधि र व्यवसायको विश्वव्यापिकरणसंगै बढ्दै गएको आर्थिक अपराध समेत बढ्दै गएको, एक देशमा बसी अर्को देशमा अपराध गर्न सक्ने भएको, नेपालबाट बिभिन्न तरिकाले पुँजी पलायन गराउने, बिप्रेषणलाई हुण्डीको माध्यमबाट विदेशमा नै रोक्ने, राजस्व छल्ने जस्ता आर्थिक अपराध गर्ने अपराधिक आर्जनको विदेशमा नै भुक्तानी दिने लिने कार्यकाबिरुद्ध कारवाही चलाउन पर्याप्त कानूनी व्यवस्था गर्न आवश्यक भएको बताए ।

त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।