२ कार्तिक २०८३, सोमबार

संसद बैठक चलिरहेका बेलामा संसद्‍ भवन अगाडि प्रदर्शन गर्ने महिला पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । संसद बैठक जारी रहेका बेला उनीहरुले संसद भवन बाहिर प्रदर्शन गरेका हुन् ।

पाँचजना महिलालाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनमा गिरीकी पत्नी पनि सहभागी थिइन् । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश गिरीले श्रीमतीमाथि यौन हिंसा गरेको आरोप लागेको छ ।