
काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी) ले काठमाडौंमा भएको नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ्मा संलग्न १२ जनालाई प्रतिवादी बनाएको छ ।
सीआईबीले सरकारी वकिललाई बुझाएको अनुसन्धान रिपोर्टमा १२ जनालाई प्रतिवादी बनाएको हो । फिक्सिङमा मुख्य अभियुक्त सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया रहेको रिपोर्टमा उल्लेख छ ।
अलुवालियासँगै प्रतिवादी बनाइएकामा नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेल रहेका छन् । फिक्सिङमा संलग्न तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा नितेश गुप्ता, महबुब आलम र आदिल अन्सारी रहेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया