२ कार्तिक २०८३, सोमबार

सार्वजनिक रुपमा यस्तो हर्कत देखाएपछि पारश फेरि विवादमा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । विभिन्न हर्कतबाट बारम्बार विवादमा तानिँदै आएका पूर्व युवराज पारश शाह फेरि विवादमा तानिएका छन् ।

सोमबार झापामा आयोजित एक कार्यक्रममा पारशले देखाएको हर्कतका कारण विवादमा तानिएका हुन् । पारसले सर्वसाधारण र प्रहरीमाथि नै हातपात गरेका समाजिक सञ्जालमा आएका भिडियोहरुमा देखिन्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह पारसभन्दा अगाडि अगाडि सर्वसाधारणको स्वागत थाप्दै हिँडिरहेका देखिन्छन् भने पछाडि रहेका पारसले एक्कासी जंगिएर सर्वसाधारण र प्रहरीलाई नै थकेल्छन् ।

उनको यो हर्कतको अहिले चर्को आलोचना भइरहेको छ ।

सोमबार व्यवसायी दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा भाग लिन पूर्वराजा ज्ञानेन्द्रसँगै पारस र अन्य राजपरिवारका सदस्यहरु झापा पुगेका थिए ।