२ कार्तिक २०८३, सोमबार

ल्होत्से मलमा लुटपाट गर्नेलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन, मोबाइलसहित चारजना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सोमबार आन्दोलनका क्रममा काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार आन्दोलनका क्रममा ल्होत्से मलमा ८ करोड बढीको मोबाइल लुटपाट भएका छन् । मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

यसैबीच, लुटपाट गर्ने चार जनालाई प्रहरीले मोबाइलसहित पक्राउ गरेको छ ।