
काठमाडौं, २ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
‘नि:शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ महाधिवेशन सुरु भएको हो ।
महाधिवेशन बुधबारसम्म चल्ने छ ।















प्रतिक्रिया