२ कार्तिक २०८३, सोमबार

यी हुन् सरकार र यातायात व्यवसायीबीच भएको पाँच बुँदे सम्झौता

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सरकार र यातायात व्यवसायीसँग पाँच बुँदे सहमति भएसँगै सोमबारबाट काठमाडौंमा यातायात व्यवसायीले सुरु गरेको आन्दोलन रोकिएको छ ।

मंगलबार बिहान सरकार र यातायात व्यवासायीसँग वार्ता भएको थियो । सम्झौताअनुसार यातायात व्यवासायीहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको उल्लेख छ ।

यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा समेत सहमति भएको छ ।

यस्तै, आन्दोलनका क्रममा ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्ने पनि सहमति भएको छ ।

आन्दोलनका क्रममा मिति २०७९/११/१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने पनि सम्झौतामा उल्लेख छ ।