
काठमाडौं, २ फागुन । श्रीमतीको हत्या आरोपमा दैलेखमा एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठले टाउकोमा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया