१ कार्तिक २०८३, आइतबार

भूकम्पका कारण टर्की र सिरियामा झन्डै चालिस हजारको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । गत साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै चालिस हजार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म मृत्यु हुने मानिसको सङ्ख्या ३२ हजार जति पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा पाँच हजार ७ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

राष्ट्रसङ्घले विपद्‌मा परेर मृत्यु हुने मानिसको सङ्ख्या बढेर दोबर हुनसक्ने चेतावनी दिएको छ।