
काठमाडौं, २ फागुन । सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यातायात व्यवसायीले चर्को आन्दोलन गरे । आन्दोलनका कारण उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो ।
यसैबीच आन्दोलनका नाममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट भएको छ । सडकमा तोडफोड र आगजनी भइरहेको बेला ल्होत्से मलमा प्रवेश गरेको समूहले मलभित्र रहेका पसलहरु तोडफोड गरी लुटपाट गरेको हो ।
मलको मुखैमा रहेका मोबाइल स्टोरहरुबाट करोडौं मूल्यका मोबाइल साथै अन्य समानहरु लुटिएको छ । अन्य पसलहरुबाट पनि सामान लुटिएको छ ।
नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायीमाथि हातपात गरेको भन्दै ल्होत्से समूहको ल्होत्से मलमा आक्रमण गरेका हुन् ।
आन्दोलनका नाममा करोडौंको चोरी भएको ल्होत्से मलका व्यवसायीहरुले बताएका छन् । सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया