२ कार्तिक २०८३, सोमबार

दोस्रो विकेटमा सन्दीपको खुशीको आँसु

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ फागुन । काठमाडौंमा जारी विश्वकप लिग-२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा सन्दीप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन् ।

उनले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।

पावरप्ले लगत्तै बलिङ गरेका लामिछानले २४ बलमा १३ रन बनाएर खेलिरहेका कार्ललाई बोल्ड गरेका हुन्। त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो।

सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए।