१ कार्तिक २०८३, शनिबार

सरकारमा पुन: सहभागिताबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो यस्तो निर्णय (भिडिओ)

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले यथावस्थामा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अहिलको अवस्थामा सरकारमा सहभागी नहुने तर केही नयाँ सहमति भए सरकारमा जान सकिने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरिरहेको र नयाँ सहमति भए सरकारमा जाने वा के गर्ने भन्ने निर्णय गर्ने बताए ।

बैठकले उपचुनाव घोषणाको स्वागत गर्दै चुनावमा जान तयार रहने निर्णय गरेको छ । चितवन–२ को उम्मेदवारका विषयमा औपचारिक निर्णय नभए पनि सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा विवाद नरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।

बैठकले केन्द्रीय समिति विस्तार गर्दै १६ जना सदस्य थप गरेको छ ।