
काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ जना केन्द्रीय सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय सदस्य बैठकले १६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । यसअघि २४ सदस्यीय केन्द्रीय समिति रहेकामा अब ४० सदस्यीय पुगेको छ ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्वाला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी क्राीन्तशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।















प्रतिक्रिया