२ कार्तिक २०८३, सोमबार

भोलिदेखि काठमाडौंमा गाडी पूर्ण रुपमा बन्द गर्ने यातायात व्यवसायीको निर्णय

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । यातायात व्यवसायीहरुले भोलिदेखि काठमाडौं उपत्यकामा यातायात नचलाउने भएका छन् ।

यातायात व्यवसायीहरु छलफलमा बसेका बेलामा नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनी बहुदेशीय महाप्रवन्धक सुनिल कुँवर लगायत कर्मचारीहरुले आक्रमण गरेको आरोप यातायात व्यवासायीहरुले लगाएका छन् ।

सरकारले यातायात व्यवासायीका माग सम्बोधन नगरेपछि आन्दोलनका कार्यक्रम तय गर्न बैठक बसिरहेकाबेलामा आफूहरुमाथि आक्रमण भएको व्यवसायीहरुले बताएका छन् ।