
काठमाडौं, १ फागुन । नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् ।
जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुल्ला रुपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताएका हुन् । नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापित गर्ने उनको भनाइ छ ।
मुलुकलाई परिवर्तन गर्नका लागि क्रान्तिकारीबीच एकताको अभियान चलाएको जानकारी दिदै संयोजक बास्तोलाले अब नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको श्रृङ्खलालाई अन्त्य गर्दै कम्युनिष्ट ध्रुवीकरणको वातावरण बन्दै गएको धारणा व्यक्त गरे ।
अहिले प्रचण्ड बाबुरामलगायतका नेताहरुमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरे पनि अहिले पनि माओवाद जिवित रहेको चर्चा उनले गरे ।
कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओलीले पार्टीभित्र मुलुक रुपान्तरणको नयाँ विचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुर्याउने बताए ।















प्रतिक्रिया