१ कार्तिक २०८३, शनिबार

‘डिजिटल हाइजिन सेफ्टी इन द डिजिटल एरा’ कार्यशाला सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । गेहेन्द्र धिमाल फाउण्डेशन र प्रोमिनेन्ट लर्नरको सहकार्यमा ‘डिजिटल हाइजिन सेफ्टी इन द डिजिटल एरा’ कार्यशाला सम्पन्न भएको छ ।

शनिबार चलचित्र विकास बोर्डको हलमा भएको कार्यशाला साइबर सुरक्षासम्बन्धी सचेतनाका लागि आयोजना गरिएको हो ।

प्रविधिको जमानामा हरेक दिनका कामहरुमा आइपर्ने साइबरसम्बन्धी खतराबाट कसरी बच्ने, मिडिया प्रडक्शनमा साइबर सुरक्षाको खतरा, साइबर आक्रमणमा सेलिब्रेटीहरु कसरी जोगिने, हामीले हरेक पल प्रयोग गर्ने सञ्जालहरु तथा डिभाइसहरुको खतरा र जोगिने उपायहरु, व्यक्तिगत सम्बन्धबाट हुने साइबर आक्रमणहरूलगायत डिजिटल प्रयोगसम्बन्धी विषयहरुमा कार्यशाला सम्पन्न भएको हो ।

जसमा प्रोमिनेन्ट लर्नरका नारायण कोइराला र सञ्जिव उपाध्याय, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश जोशी, अधिवक्ता प्रविण सुवेदी, सूचना तथा सञ्चार प्रविधि मन्त्रायलयका उपसचिव इन्द्र मैनाली लगायतले कार्यशाला सन्चालन गरेका थिए । सहजकर्ताको रुपमा चर्चित र्‍यापर निर्णय श्रेष्ठ (एनएसके) रहेका थिए ।

कलाकारिताका विभिन्न विधामा लाग्न र व्यावसायिक हिसाबले आफ्नो करिअर निर्माण गर्ने अवसरको खोजीमा रहेका युवा पुस्तालाई सहयोग पुर्‍याउँदै आएको गेहेन्द्र धिमाल फाउण्डेशनका संस्थापक अध्यक्ष गौतम धिमालले समग्र फाउण्डेसन र उद्देश्यबारे जानकारी दिएका थिए ।

नेपाल प्रहरीको साइबर ब्युरोका डीएसपी जोशीले नेपालमा हुने अधिकांश साइबर अपराधहरु पूर्वप्रेमि प्रेमिकाको रिसिइबीका कारण हुने गरेको बताए । अधिवक्ता सुवेदीले कतिपय कानूनी अड्चनका कारण साइबर अपराधका मुद्दामा समस्या हुने गरेको बताए । सूचना तथा सञ्चार प्रविधि मन्त्रायलयका उपसचिव मैनालीले सञ्चार विधेयकको मस्यौदा बनिसके पनि उक्त विधेयक पारित नहुँदा साइबरसम्बन्धी मुद्दाहरुले किनारा पाउन नसकेको बताए ।

कार्यशालाको उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लका साथै अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा करिब एक सय जनाले सहभागिता जनाएका थिए ।