१ कार्तिक २०८३, शनिबार

आइएमई–पे र चन्द्रागिरि हिल्सबीच भयो यस्तो सम्झौता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । आईएमई–पे र चन्द्रागिरि हिल्सबीच व्यावसायिक सम्झौता भएको छ ।

सम्झौतासँगै कम्पनीले ‘फील द एयर’ नामको अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आईएमई–पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई–पे एपमार्फत काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

सीमित समयको लागि मात्र लागू गरिएको अफरमार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्ने छन् । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको नि:शुल्क इभिनिङ (साँझ मात्र लागू हुने) टिकट जित्ने मौका पनि पाउने छन् ।

साथै, यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आईएमई–पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ जना भाग्यशाली विजेताले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने छन् ।

यो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आईएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।