२ कार्तिक २०८३, सोमबार

वीरेन्द्रनगर तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्यास प्रहार

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । सुर्खेतको वीरेन्द्रनगर बजार तनावग्रस्त भएको छ ।

आइतबार बसको ठक्करबाट जाजरकोटकी एक महिलाको मृत्यु भएपछि सुरु भएको आन्दोलन झनै उग्र बनेको हो । अहिले प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भइरहेको छ ।

यसैबीच प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न चार सेल अश्रुग्यास प्रहार गरेको छ । आइतबार दिउँसो बा४ख ८०६१ नम्बरको बसको ठक्करबाट जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

सोमबार पनि बिहानैदेखि स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयले वीरेन्द्रनगर बजार नै बन्द गराएका छन् ।