१ कार्तिक २०८३, आइतबार

पूर्वसहमति कायम भए राष्ट्रिय स्वतन्त्र पार्टी पुन: सरकारमा जाने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् ।

रफत सञ्चार क्लबले साोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जाने बताएका हुन् ।

राष्ट्रपतिमा पनि विगतकै सहमति अनुरुप सत्तागठबन्धनबाटै चयन हुने उनले बताए । उनले विगतका राष्ट्रपतिहरु कुनै न कुनै विवादमा तानिएको बताउँदै अब निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने ब्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गरे ।

परियारले अहिले मुलुकलाई राजनीतिक अस्थीरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राखे ।

उनले बैशाख २ गते चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवी लामिछानेलाई नै पुन: उम्मेदवार बनाउने र लामिछाने भारी मतले विजय हुने दावी गरे ।