
काठमाडौं, १ फागुन । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भण्डाफोर गर्ने बताएका छन् ।
वैद्यले जनयुद्धलाई बिचैमा तुहाएर प्रचण्डले नेपाली जनतालाई धोका दिएको भन्दै त्यसबाट शिक्षा लिँदै अघि बढ्ने र प्रचण्डको विरोध र भण्डाफोर गर्ने जिकिर गरे ।
१० बर्षे जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका छन् । वैद्यले जनयुद्धको अन्तिम समयमा विजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताको सपनाहरु चकनाचुर भएकाले अब जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताएका हुन् ।
जनयुद्धमा जनताले गरेको बलिदान र त्यागको सही मूल्याङ्कन गरेर नयाँ क्रान्ति गर्ने र जनताको मुक्तिका लागि धोका नदिने उनको भनाइ छ । उनले जनताको तीव्र दवावका कारण सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा भएको र त्यो सकारात्मक भएको धारणा राखे ।
वैद्यले सच्चा क्रान्तिकारीको नयाँ उत्तराधिकारीको रुपमा आफूलाई स्थापीत गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।















प्रतिक्रिया