१ कार्तिक २०८३, आइतबार

नेपाल-भारत सचिवस्तरीय बैठक: बहुआयामिक सहकार्यकाबारेमा छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको छ ।

सोमबार काठमाडौंमा भएको नेपाल र भारतबीचको सचिवस्तरीय बैठकका क्रममा दुईदेशिय सम्बन्धका साथै बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको हो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फबाट भारतका विदेश सचिव विनयमोहन क्वात्राको टोली सहभागी थिए ।

छलफलमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको बताइएको छ । भारतका विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नै काठमाडौं आएका हुन् ।