
काठमाडौं, १ फागुन । नेपाल भारती द्विपक्षीय सचिवस्तरीय बैठक सुरु भएको छ ।
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं आएलगत्तै सचिवस्तरीय बैठक बसेको हो । बैठक होटल याक एन्ड यतीमा बसिरहेको छ ।
बैठकमा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार बिहान काठमाडौं आएका क्वात्रा दुई दिन नेपालमा रहने छन् ।
नेपालमा रहँदा क्वात्राले राष्ट्रपति प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।















प्रतिक्रिया