१ कार्तिक २०८३, आइतबार

भारतीय विदेश सचिव क्वात्रा काठमाडौं आइपुगे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमार्डौं आइपुगेका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि क्वात्रा काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका हुन् ।

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् । सो अवसरमा उनीहरुबिच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ ।