
काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्नका लागि बैठक बोलाइएको रास्वपाका नेताहरुले बताएका छन् ।
दिउँसो ३ बजे बस्ने बैठकमा संगठन विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ । बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ हुने उपनिर्वाचनको विषयमा पनि छलफल गर्ने छ ।
रास्वपाले उपनिर्वाचनमा सभापति रवि लामिछानेलाई उठाउन निर्णय गरिसकेको छ । आधिकारीक घोषणा हुन भने बाँकी छ ।















प्रतिक्रिया