
काठमाडौं, १ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ ले छिट्टै पार्टी एकता र र समाजवादी मोर्चा बन्ने दाबी गरेका छन् ।
जनयुद्द दिवसका अवसरमा पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुने बताए ।
फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।
‘सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु मलाई विश्वास छ। छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ,’ उनले भने ।















प्रतिक्रिया