१ कार्तिक २०८३, शनिबार

पाँच वर्षे ‘ग्लोबल आईएमई बैंक डिवेञ्चर’ निस्कासन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । ग्लोबल आईएमई बैंकले पाँच वर्ष अवधिको ‘११.२५% ग्लोबल आईएमई बैंक डिवेञ्चर २०८४/८५’ निस्कासन गरी बिक्री खुला गरेकोे छ ।

बैंकले पाँच अर्ब रुपैयाँ बराबरको, रू. १,००० प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आजदेखि निस्कासन गरेको हो ।

निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्ने छन् ।

बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फागुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।

ऋणपत्रको अवधि पाँच वर्षको रहेको छ भने वार्षिक ११.२५% का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।