१ कार्तिक २०८३, शनिबार

संघीयता र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्रहरू देखा पर्न थाले : प्रधानमन्त्री प्रचण्ड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन उल्ट्याउने षडयन्त्रहरु देखा पर्न थालेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाँउगाउँमा पुर्‍याउनका लागि भएको आन्दोलन तथा त्यसपछि प्राप्त संघीयता र गणतन्त्रलाई उल्ट्याउने षडयन्त्रहरु देखा पर्न थालेको बताएका हुन् ।

उनले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरू अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गर्दै संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले बाँकी कानून निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरूमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्ने धारणा व्यक्त गरे ।

उनले आर्थिक क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा मात्रै नभई लाइफ एण्ड डेथको सवाल ठानेको बताए । पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखिए पनि स्थायी प्रकृतिको भने नरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपले समृद्धिको ट्रयाकमा लैजाने सम्भावना रहेकाले सहि नीतिका साथ अघि बढाउनुपर्ने बताए । कार्यक्रममा ‘सेजन अवार्ड’ बाट ६ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।