१ कार्तिक २०८३, आइतबार

पार्टीमा व्यापक रूपान्तरण गर्छौँ: अध्यक्ष प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् ।

आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौँ ।

विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको प्रचण्डले बताए । सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्वोधन गर्नुपर्ने बाध्यता रहेको प्रचण्डले बताए ।