
काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर- २ मा उपनिर्वाचन लड्ने भएका छन् ।
चितवन क्षेत्र नम्बर-२ बाट उनी यसअघि प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद गुमेको थियो ।
केही दिनअघि चितवनमा एक धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले आफू पुन उपनिर्वाचनका लागि उम्मेदवार बनेर आउने बताएका हुन् ।
पार्टीले पनि रविलाई नै पुन: उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ ।















प्रतिक्रिया