
काठमाडौं, २९ माघ । सरकारले फागुन १ गते अर्थात् भोलि जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ ।
२०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।















प्रतिक्रिया