
काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक बर्षको बजेटको आकार घटाएको छ ।
अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आधार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको हो । गत जेठ १५ गते सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाउदै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड बनाइएको जानकारी दिए ।
त्यस्तै चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड र पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको बताए ।
त्यस्तै वित्तीय व्यवस्थामा २ खर्ब १४ करोड मात्र छुट्याइएको अर्थमन्त्रीले बताए । त्यस्तै मन्त्रालयले राजस्व संकलनको लक्ष्य पनि घटाएको छ ।
१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा त्यसलाई घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।















प्रतिक्रिया