१ कार्तिक २०८३, आइतबार

सवारीका क्रममा हुने जाममा राष्ट्रपतिले आलोचना खेप्नुपर्ने स्थिति सुखद होइन: रघुजी पन्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको विषयलाई लिएर आलोचना भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै पन्तले सवारी जाम हुनुमा राष्ट्रपतिको दोष नरहेको भन्दै सरकार र सुरक्षा संयन्त्रको दोष भएको बताएका हुन् । यसअघि पनि बारम्बार यस विषयमा कुरा उठेको भन्दै पन्तले सरकारले उपयुक्त कदम नचाल्ने तर राष्ट्रपति जस्तो गरिमामय संस्था संस्थाले आलोचना खेप्नुपर्ने स्थिति आफैँमा सुखद नभएको टिप्पणी गरे ।

‘जामपछि सरकारप्रति नै नकारात्मक टिप्पणी भइरहेका छन् । दोष राष्ट्रपतिको होइन । यो भन्दा अगाडि डा. रामवरण यादव राष्ट्रपति हुनुहन्थ्यो उहाँको पालामा पनि यसरी पटक पटक आलोचना भयो र उहाँले पनि सवारीको प्रक्रियालाई सरल बनाइयोस् भनेर प्रयत्न गर्नुभयो । अहिलेको राष्ट्रपतिले पनि सरल र सहज बनाइयोस् भनेर प्रयत्न गर्नुभयो । तर अस्ति म आफैँ पनि एकघण्टा जाममा परेँ । एम्बुलेन्सहरु जाममा परे । सरकारले सवारीका बेला सवारी चलाउन लोकतन्त्र अनुरुप खुकुलो र सुरक्षाका दुष्टिकोणले पनि सवल बनाउने विषयमा पटक पटक आवाज उठ्दा पनि सरकारले ध्यान दिएको छैन । सरकारले उपयुक्त कदम नचाल्ने तर राष्ट्रपति जस्तो गरिमामय संस्थाले चाहीँ आलोचना भोग्नुपर्ने स्थिति आफैँमा सुखद होइन । यसको समाधान प्रधानमन्त्रीको तहबाट हुनुपर्छ,’पन्तले भने।