१ कार्तिक २०८३, शनिबार

प्रचण्ड कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्थामा हुनुहुन्न : पृथ्वीसुब्बा गुरुङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २९ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सत्ता गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाले वीरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीको उद्घाटनपछि उनले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्मै रहने दाबी समेत गरेका छन् ।

‘अहिलेको सत्तागठबन्धन कायमै हुन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ,’ एमालेका प्रवक्ता समेत रहेका उपमहासचिव गुरुङले भने, ‘प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्थामा हुनुहुन्न ।’

उनले राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने पनि बताएका छन् । फागुन २५ मा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने उनको भनाइ छ ।