१ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुले पूरा गर्‍यो महाधिवेशनको तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार बन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको जानकारी दिइन् ।

करिब १५ सय ७३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी दुई बर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, ३ आयोग निर्वाचित गर्ने बरालले जानकारी दिइन् ।

उनले नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने र निर्वाचन प्रक्रियालाई व्यवस्थीत, छिटो छरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताइन् ।

अनेरास्ववियुको महाधिवेशन करिब ७ बर्षपछि हुन लागेको हो । महाधिवेशनपछि संगठनको ध्यान स्ववियु निर्वाचनमा केन्द्रीत हुने अनेरास्ववियुले जनाएको छ ।