
काठमाडौं, २९ माघ । सरकारले विशिष्ट व्यक्तिहरुको सवारी कार्यविधि संशोधन गर्ने भएको छ ।
आइतबार सरकार र नेपाल चिकित्सक संघबीचको वार्तामा कार्यविधि संशोधन गर्ने सहमति जुटेको हो ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा सडकमा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि चिकित्सकहरु आन्दोलित भएका थिए ।
सरकार र चिकित्स संघबीच भएको ६ बुँदे सम्झौतामा कार्यविधि संशोधन गर्ने पनि उल्लेख गरिएको छ ।
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र स्वास्थ्य संस्था तथा विद्यालय लगायतका संवेदनशील संस्था, क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गर्न लागिएको हो।















प्रतिक्रिया