१ कार्तिक २०८३, आइतबार

संयन्त्रको बैठक: राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउन सबै सकारात्मक

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी फेरि सरकारमा आउने भएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई फेरि सरकारमा ल्याउने विषयमा सकारात्मक छलफल भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका बिषयमा बाहिर भ्रमपूर्ण कुराहरु आइरहेको र सरकार गठन भएका बेला भएको सहमति अनुसार नै अघि बढ्ने छलफल भएको जानकारी दिए ।

बैठकमा रास्वपालाई सरकारमा ल्याउनका लागि छलफल भएको र प्राविधिक विषयहरु मिलाएरु छिटै सरकारमा आउन सक्ने उनले बताए ।

यस्तै, गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा मजबुद ढंगले सहकार्यलाई अघि बढाउने सहमति पनि भएको छ ।