१ कार्तिक २०८३, आइतबार

यस्तो छ, सरकार र चिकित्सक संघबीच भएको ६ बुँदे सहमति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ माघ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा दुई पक्षबीच ६ बुँदै सहमति भएको हो । राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै शुक्रबार प्रहरीले वीर अस्पतालका चिकित्सकलाई कुटपिट गरेपछि चिकित्सक संघले आन्दोलित भएको थियो ।

चिकित्सक संघले आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेको थियो । चिकित्सकहरुको आन्दोलनसँगै देशभरका बिरामी प्रभावित भएका थिए ।

सहमतिअनुसार एकहप्ताभित्र दोषीमाथि छानबिन गरी कारबाही गर्ने सहमति भएको छ ।