
काठमाडौं, २९ माघ । उपचारको माग गर्दै काठमाडौंको वीर अस्पतालका बिरामी आन्दोलित भएका छन् ।
गत शुक्रबार राष्ट्रपतिको सवारीमा हिँडेको भन्दै प्रहरीले चिकित्सकमाथि कुटपिट गरेपछि चिकित्सक संघले आन्दोलन गर्दै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेपछि बिरामीहरु पनि आन्दोलित भएका हुन् ।
उनीहरुले बिरामी अलपत्र परेका भन्दै आन्दोलन गरेका हुन् । वीर अस्पताल अगाडिको सडकमा निस्किएर आन्दोलित भएका हुन् ।
उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।















प्रतिक्रिया