१ कार्तिक २०८३, शनिबार

विवेकशील साझामा नयाँ नेतृत्व, समीक्षा बास्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

शुक्रबार र शनिबार चलेको महाधिवेशनबाट पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत भयन भएकी छिन् ।

यस्तै पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी चयन भएका छन् भने महासचिवमा रञ्जु दर्शना चयन भएकी छिन् ।

पार्टीका सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी तथा कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।