१ कार्तिक २०८३, शनिबार

रवि लामिछानेको अभिव्यक्तिविरुद्ध पत्रकारका नेताहरू एकजुट बने (भिडिओ)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निवर्तमान गृहमन्त्री रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपहरूको विरोध गरेका छन् ।

लामिछानेको अभिव्यक्तिका विषयमा महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रमा उनीहरुले लामिछानेले सञ्चारमाध्यममाथि गरेको टिप्पणी सामान्य नभएको भन्दै विरोध गरेका हुन् ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले लामिछानेले अराजक अभिव्यक्ति दिएको भन्दै उनको शैली धम्कीका विषय स्वीकार्य हुन नसक्ने बताए । राज्यले लामिछानेको अभिव्यक्तिलाई नोट गर्नुपर्ने र हिंसा भड्काउने अभिव्यक्तिलाई रोक्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले नेपाली प्रेस जगतमाथि लगाइएको लाञ्छनाप्रति लामिछानेले क्षमायाचना गर्नुपर्ने बताए । कसैले धम्की दिदैमा नेपाली प्रेस जगत नहल्लने जिकिर उनको छ ।

त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले लामिछानेको अभिव्यक्ति सामान्य नभएको र प्रेस जगतका लागि थ्रेट भएको बताए । यस्ता विषयमा चूप लागेर बसे आगामी दिनमा प्रेस जगतमाथिको आक्रमण बढ्दै जाने उनको भनाइ छ ।

कार्यक्रममा महासंघका महासचिव रोशन पुरीले प्रेस क्षेत्रमाथिको हमला कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै पत्रकारका सबै संघ संगठनहरुले प्रतिवादको पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

हेर्नुहोस् भिडिओ–