
काठमाडौं, २८ माघ । राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका हुन् ।
घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको बताइएको छ ।
शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई विशेष सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्किने क्रममा बाटो खाली गर्दा प्रहरीले चिकित्सकमाथि नै लाठी प्रहार गरेको थियो । घटनाको विरोधमा चिकित्सकहरू तत्काल आन्दोलित भएका थिए ।















प्रतिक्रिया