१ कार्तिक २०८३, शनिबार

भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत, होटेल सञ्चालिका प्रहरीको नियन्त्रणमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । सोलुखुम्बुका १९ वर्षीय एक किशोरद्वारा भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती बालिकालाई गत आइतबार भक्तपुरको भक्तपुर नगरपालिका–९ ब्रह्मायणीस्थित होटेलमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । प्रहरीले होटेलकी सञ्चालिकालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।