१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिको सवारीको बेला हिँडेको भन्दै चिकित्सकमाथि प्रहरीले गर्‍यो कुटपिट, चिकित्सकहरु आन्दोलित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । आफूहरुमाथि प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।

ड्युटीमा रहेका बेला प्रहरीले आफुहरुमाथि कुटपिट गरेको भन्दै उनीहरुले अस्पताल बाहिर सडकमा विरोध प्रदर्शन गरेका थिए ।

चिकित्सकहरुको विरोधका कारण केहीबेर यातायात अवरुद्ध भएको थियो । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले आफूहरुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको उनीहरुको आरोप छ ।

प्रहरीको कुटपिटबाट राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनीथ सिंह घाइते भएका छन् ।

वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउदा देखाउदै प्रहरीले कुटपिट गरेको बताए ।