
काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका शाहले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
मन्त्री बनेकामा काँग्रेसका प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेश शाही रहेका छन् । देउवा भौतिक पूर्वाधार विकासमन्त्री र शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।
दुवैजना मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।















प्रतिक्रिया