१ कार्तिक २०८३, आइतबार

निहारिका र शिवराजले गरे विवाह

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । कुमारी आमाको उपमाबाट चर्चामा आएकी निहारिका राजपूत र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरुबीच लामो समयदेखि विवाद चल्दै आएकामा अन्तत: विवाह गरेका हुन् ।

केही समयअघि निहारिकाले शिवराजविरुद्व बलात्कार मुद्दासमेत हालेकी थिइन् । तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।

धनुषा जिल्ला अदालतले शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो । निहारिकाले शिवराजविरुद्ध अंश मुद्दा पनि दर्ता गराएकी थिइन् ।

निहारिकाले केही महिनाअघि राष्ट्रपति कार्यालय अगाडि न्याय माग्दै आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । तर पछिल्लो समय उनीहरुबीचको सम्बन्ध सुध्रिएको थियो ।

सम्बन्ध सुध्रिएसँगै निहारिकाले शिवराजविरुद्वका सबै मुद्दा फिर्ता लिएर शिवराजसँगै विवाह गरेकी हुन् ।